Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनलाई पूर्ण इजलासले सोमबार ‘हेर्दाहेर्दै’मा राखेको छ ।

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो ।

अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर भदौ १७ गते रिट निवेदन दर्ता गराएका थिए ।

प्रदेशसभा अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न नपाउने भए पनि मुख्यमन्त्री थापालाई प्रदेशसभा अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा शुक्रवार सुनुवाइ तोकिएकामा न्यायाधीश खतिवडाले उक्त रिटमा आफैँले कारण देखाऊ आदेश दिएका कारण पूर्ण सुनुवाइमा बस्न नमिल्ने बताएपछि आइतबार ‘हेर्न नमिल्ने’ मा राखिएको थियो।

भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश खतिवडाको एकल इजलासले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएकोलाई संविधानसम्मत् नभएको ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077