Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेस सांसद केसीले भने – यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुरामा विश्वास छैन

    कांग्रेस सांसद केसीले भने – यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुरामा विश्वास छैन

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरे ।



    सांसद केसीले भने,’५ महिना र ७ महिना नपुग्दै अहिले प्रहरी अफिसरहरू जुन ढंगले परिवर्तन भएका छन । त्यो परिवर्तन केका लागि, किन रु कमसेकम न्यूनतम एक वर्षसम्म रहने त सामान्य नियम हो । जुन ढंगले सरुवा गर्ने काम भएको छ । त्यसले आम रुपबाट भ्रष्टाचार गतिविधिहरुलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको छ । सरकार यतातिर शतर्क बनोस् ।’



    सांसद केसीले भ्रष्टाचारका फाइल एकपछि अर्को खुले पनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराए । सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार