Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकविरूद्ध उच्च अदालतमा रिट दर्ता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ।

अधिवक्ता गणेशबहादुर ओलीले आइतबार उड्डयन प्राधिकरण र प्राधीकरणका महानिर्देशक अधिकारी समेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा हुम्लामा नाबालकको मृत्यु भएपछि अधिवक्ता ओलीलेरिट दायर गरेका छन् ।

प्राधिकरणले साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउनेसहित पाँच बुँदे निर्णय गरेको थियो। अधिवक्ता ओलीले हचुवाको भरमा गरिएको निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका-६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरेका छन्।

साउन ३२ गते ४ बुँदे निर्णय गरे पनि आफ्नो गल्ती ढाकछोप गरी आफू जिम्मेवारीबाट पन्छिन उक्त निर्णय गरिएको रिटमा उल्लेख छ। अधिवक्ता ओलीले मृतक बालकको अस्पताल भर्ना भएको, रिफर गरिएको र सुविधा सम्पन्न अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको कागजपत्र पनि पेश गरेका छन्।

रिटमा विपक्षीहरूले यस्तो निर्णय गर्नुको कारणसहित जवाफ माग गरिएको छ। निर्णयकर्ता निकायलाई कारबाही गर्न उपयुक्त आदेशसहितको परमादेश जारी गर्न माग गरिएको छ।

रिटमा महानिर्देशक अधिकारीका साथै नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि विपक्षी बनाइएको छ। उच्च अदालतले उक्त रिटको प्रारम्भिक पेशी मंगलबार तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077