काठमाडौं । नेकपा एमालेको प्रतिनिधिमण्डल चीनको छोङछिङ सहर पुगेको छ ।
चीन भ्रमणमा रहेको एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई छोङछिङ महानगरपालिकाको वैदेशिक मामिलाका उपनिर्देशक झोउ यीले स्वागत गरेका छन्।
सो प्रतिनिधिमण्डलले आइतबार आर्टिफिसिएल इन्टेलिजेन्स, विद्युतीय सवारी साधान प्रयोग हुने ब्याट्री र लिडमा प्रविधिमा प्राप्त गरेको सफलता विषयमा जानकारी लिएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा एमालेका महासचिव पोखरेलको नेतृत्वमा २२ सदस्यीय प्रतिनिधिमण्डल चीनको १३ दिने भ्रमणमा रहेको छ ।
भ्रमण टोलीमा विदेश विभागका प्रमुख राजन भट्टराई, प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमार साहसहितका नेताहरु रहेका छन् । टोलीले सहर छोङछिङ, बेइजिङ र छिङहाई भ्रमण गर्ने कार्यक्रम छ ।