Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, अध्यक्षका आकांक्षी प्यानल बनाउँदै

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून भएपछि मतदान प्रक्रियातर्फ बढेको छ ।

अध्यक्षका दाबेदार पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच सहमति जुट्न नसक्दा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको हो ।

अध्यक्षका दुई आकांक्षीबीच सहमति हुन नसकेपछि निर्वाचनको तयारी र छलफल दुवै जारी छन् । निर्वाचन समितिले सोमबार बिहानबाट मतदान गराउने गरी निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

कँडेल एमाले प्रदेश कमिटीको तदर्थ समिति अध्यक्ष हुन् । उनी चितवन महाधिवेशनपछि तदर्थ समितिको अध्यक्षमा चुनिएका थिए ।अर्का आकांक्षी रिजाल चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका हुन् ।

उनी यसअघि लुम्बिनी प्रदेशको मन्त्री हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत नेतृत्व सर्वसम्मत बनाउने गरी पहल गर्न लुम्बिनी प्रदेशबाट केन्द्रमा पुगेका पदाधिकारीलाई निर्देशन दिएका थिए ।

तर, त्यो प्रयास सफल हुन नसकेपछि निर्वाचनको तयारी अघि बढेको हो । निर्वाचन भएको अवस्थामा एमालेको लुम्बिनी प्रदेश अधिवेशन एक दिन लम्बिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077