बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन्।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर आइतवार बिहान सम्बोधन गरेका अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।
लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएर अध्यक्ष ओली काठमाडौं फर्केका छन् ।
अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे ।
शनिवार उद्घाटन सत्रपछि राति बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
प्रतिवेदनमाथि आइतवार शुरू भएको बन्द सत्रमा प्रतिनिधिहरूले छलफल गर्ने छन् । अध्यक्ष मण्डलले प्रतिवेदनमाथि आफ्ना सुझाव वा टिप्पणी भए लिखितरुपमा उपलब्ध गराउन शनिवार नै निर्देशन गरेको थियो ।