Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेद्धारा लुम्बिनी प्रदेशमा अध्यक्ष मण्डल गठन

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशमा अध्यक्ष मण्डल गठन गरेको छ ।

प्रदेश प्रचार विभागका अध्यक्ष डिआर घिमिरेका अनुसार प्रतिवेदन पेस भएपछि पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालको संयोजकत्वमा अध्यक्ष मण्डलको गठन भएको हो ।

अध्यक्ष मण्डलमा स्थायी कमिटीबाट काशिराज अधिकारी, दलबहादुर राना पोलिटब्युरो सदस्यबाट सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी केन्द्रीय सदस्यबाट साबित्रा अर्याल र सरिता खनाल सदस्य रहेका छन् ।

बन्द सत्रका प्रदेश कमिटीको तर्फबाट तयार भएको प्रतिवेदन पेस भएको छ । आज पेस भएको प्रतिवेदनमाथि आज पहिलो चरणमा समूहगत छलफलपछि पास गरिने र बल्ल निर्वाचन प्रक्रियामा अगाडि बढ्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077