Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत, आज बिहान ११:५० बजे उडान सुरु हुने

एजेन्सी । भारतले सूर्यमा आफ्नो पहिलो मिसन प्रक्षेपण गर्ने तयारी गरेको छ ।

भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने पहिलो देश बनेको केही हप्ता नपुग्दै सूर्यमा आफ्नो पहिलो अवलोकन मिसन सुरु गर्ने तयारी गरेको हो ।

आदित्य १ नाम दिइएको उक्त प्रक्षेपण आजै आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट बिहान ११ बजेर ५० मिनेटमा उडान सुरु हुने भारतीय संचार माध्यमले जनाएका छन् ।

यो पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ । उक्त दूरी पार गर्न आदित्य १ लाई करिब चार महिना लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077