Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ ।

उत्तरले कोरियाली प्रयाद्वीपको पश्चिम तटीय समुद्रतर्फ क्रुज मिसाइल प्रक्षेपण गरेको हो ।

दक्षिण कोरियाली सेना र अमेरिकी सेनाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गर्न थालेपछि उत्तरले निरन्तर लामो तथा छोटो दूरीका मिसाइल प्रक्षपण गरिरहेको छ ।

उत्तरले आफ्नो पूर्वी तटमा दुई वटा व्यालेस्टिक मिसाइल प्रक्षपण गरेको केहीदिन पछि आज शनिबार बिहानै अर्को प्रक्षेपण गरेको दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077