Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी सिनेटर होलेन र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो काठमाडौं आइपुगेका होलेन प्रधानमन्त्री प्रचण्डलाई भेट्न साँझ बालुवाटार पुगेका हुन् । भेटमा उनीहरुबीच नेपाल र अमेरिकाबीच सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले सिनेटको भ्रमणका क्रममा अमेरिका–नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनी अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077