Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्वकप्तान पारसलाई बधाई दिँदै ओलीले भने – अब क्रिकेट प्रशासनको क्याप्टेन !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वकप्तान खड्कालाई बधाई दिएका हुन् । शुक्रबार भएको निर्वाचनमा खड्का अर्का प्रतिस्पर्धी उमेश पियालाई पछि पार्दै बागमतीको अध्यक्षमा निर्वाचित भएका थिए ।

खड्का प्रदेश अध्यक्षमा निर्वाचित भएको सुनेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खड्कासँग कहिलेकाहीँ कुरा हुँदा क्रिकेट खेलको सफलताका लागि त्यसको व्यवस्थापन र प्रशासनिक पक्षको सुधारबारे छलफल हुने गरेको समेत स्मरण गरे ।

ओलीले पारसको तस्बिर र क्रिकेट संघ बागमतीको लोगो आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै भनेका छन्, ‘आज मैले सुने उहाँ बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन । बधाई छ क्याप्टेन पारस ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077