Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व छनोटका लागि शनिबारबाट सुरु हुने पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश समितिले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो । दुई दिनसम्म चल्ने अधिवेशनको सबै तयारी पूरा भएको एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् ।

अधिवेशन मंगलबार पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । बुटवलको रामनगर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनमा प्रदेशका १२ जिल्लाका प्रतिनिधि सहभागी हुने छन् ।

अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि र कार्यकर्ता बुटवलमा आउने क्रम सुरु भइसकेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल, प्यूठानका हरि रिजाल र दाङका लक्ष्मण आचार्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077