Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन हो

सुर्खेत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा बिहीबार आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताए ।

मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी मोर्चा गठन भई यसले आफ्नो अभियान थालेको उनको भनाई छ ।

उनले भने, ‘राष्ट्र, राष्ट्रियता र मुलुकको स्वाभिमान जोगाउन मोर्चा नयाँ संकल्पसहित अगाडि बढेको छ। यो यात्रा मोर्चाको आन्दोलन हो।’ क्रान्तिकारीहरूलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री दाहालले मुलुक र नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर कम्युनिष्टहरूले आन्दोलनलाई गन्तव्यमा पुर्‍याउनुपर्ने जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077