Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री पाण्डे भन्छन् - वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि हुँदैछ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले यस्तो बताएका हुन् ।

उनले नेपालमा अन्य देशभन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताए ।

पूर्वमन्त्री पाण्डेले नेपालको वाह्य र आन्तरिक ऋण बराबर रहेको उल्लेख गरे । उनले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनमा आन्तरिक ऋण वैदेशिक ऋणभन्दा बढी हुने अवस्था देखिएको बताए ।

चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077