Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल पाकिस्तानसँग पराजितपछि रविको टिप्पणी – यात्रा लामो छ, टिमप्रति विश्वास छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई नेपाली क्रिकेट टिमप्रति विश्वास रहेको बताएका छन् ।

बुधबार राति नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएपछि रविले फेसबुकमार्फत यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, 'प्रतिस्पर्धामा अनुभवको ठूलो महत्त्व हुन्छ । नम्बर १ टिमसँग नम्बर १५ टिमले पहिलोपटक खेलेको हो । यो अनुभव कुनै दिन इतिहास लेख्न काम लाग्ने छ । यात्रा लामो छ र मलाई हाम्रो टिमप्रति विश्वास छ ।'

एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077