Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महासचिव गुरुङले भने - व्याख्यात्मक घोषणालाई सम्झौताको अंग नबनाएर एमसीसी कार्यान्वयन हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले व्याख्यात्मक टिप्पणी स्वीकार नगरे एमसीसी कार्यान्वयनमा नजाने बताएका छन् ।

अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक टिप्पणी स्वीकार नगरेको नदेखिएको भन्दै महासचिव गुरूङले बुधबार फेसबुकमार्फत यस्तो बताएका हुन् । महासचिव गुरूङले सार्वभौम अधिकार सम्पन्न संसदले जारी गरेको १२ बुँदे घोषणाको अवज्ञा गरेकै हो? भनेर प्रश्न गरेका छन्।

महासचिव गुरूङले भनेका छन्,‘२०७८ फाल्गुन १५ गते नेपालको संसदबाट १२ बुँदे घोषणासहित एमसिसी सम्झौताको अनुमोदन गरियो। त्यसबेला मन्त्री लगायतका प्रायः सबै नेताहरूले १२ बुँदे घोषणालाई स्वीकार गरी त्यसलाई एमसिसी सम्झौताको अंग बनाइनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदासम्म सम्झौता कार्यान्वयन नहुने भनी संसदको रोष्टमबाट प्रतिवद्वता जाहेर पनि गरिएको थियो।’

आजबाट औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा जाने थालेपछि फेरि विवाद चर्किएको छ । १२ बुँदे शर्तबारे कुनै उल्लेख नगरि निरपेक्ष रुपमा एमसिसी परियोजना कार्यान्वयनको कुरा उठाइरहेको उनको भनाइ छ ।

नेपालको सार्वभौम अधिकार सम्पन्न संसदले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कोही कसैलाई नभएको उनले बताएका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले भने १२ बुँदे व्याख्यात्मक घोषणालाई स्वीकारको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077