Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पूर्वगृहमन्त्री खाँणलाई भेट्न कारागार पुगे शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् ।

नेता कोइरालाले आज विहान नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाँणलाई भेटेका हुन् ।

खाँणलाई भेट्न नेता कोइराला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौंको आदेशमा उनी १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077