Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज काठमाडौं फिर्ता

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरू  सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल पुगेर पुन काठमाडौं फिर्ता भएको छ ।

जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौं अवतरण भएको हो ।

सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट जानेछन् ।

बुद्ध एयरको एउटा जहाज फिर्ता भए पनि एमाले नेताहरुलाई अर्को जहाजमा त्यसतर्फ पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077