Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सचिवालय बैठक सिरहाको अम्बासमा बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बैठक बस्न लागेको हो ।

बैठकका लागि अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट सिरहा जाँदैछन् । अन्य नेताहरु पुग्ने क्रममा छन् ।

बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै संगठन सुढृढीकरणका लागि आगामी कार्यक्रम तय गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोक्नेछ।

यस्तै समसमायिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि आजसम्मका लागि स्थगित भएको थियो । ​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077