Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डाक्टरलाई कुवेत पठाउने भन्दै दुई म्यानपावरको ठगी धन्दा, विभागले गर्‍यो लाइसेन्स निलम्बन

काठमाडौं । वैदेशिक रोजगार विभागले स्वीकृति नै नलिई सामाजिक सञ्जालमार्फत झुटो विज्ञापन गर्नुका साथै अन्य गैरकानुनी गतिविधि गर्ने दुई म्यानपावरलाई निलम्बन गरेको छ ।

विभागको स्वीकृति बिना सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झुटो विज्ञापन गरेको पाइएपछि ओमेगा इन्टरनेशनल प्रालि र ओक्सन इन्टरनेशनल प्रालिलाई विभागले निलम्बन गरेको हो ।

सीपयुक्त व्यक्तिहरूलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउनका लागि यो म्यानपावरले आफ्नो संस्थाको भवनभित्र अन्य दुई वटा संस्था राखी छेउकै भवनमा इजुकेशनल इन्टिच्युट एण्ड कन्सल्टेन्सी समेत राखेर वर्किङ भिसाको प्रलोभन देखाउने गरेको पाइएको विभागले जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख छ ।

यस्तै व्यक्तिगत रूपमा दक्ष र सीपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेशनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालिलाई पनि विभागले निलम्बन गरेको छ । विभागका अनुसार वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका म्यानपावरहरूले व्यक्तिगत रूपमा कुनै पनि श्रमिक पठाउन पाउँदैनन् ।

यसो गरेमा वैदेशिक रोजगार ऐन २०६४ उल्लङ्घन गरेको हुन्छ । वैदेशिक रोजगारीमा जान इच्छुकहरूलाई सामाजिक सञ्जालमा आउने वैदेशिक रोजगारीका विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ ।

कानुन विपरीत सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको विज्ञापनका साथै अन्य गतिविधि नगर्न विभागले सबै म्यानपावर कम्पनीहरूलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077