Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परिवर्तनलाई उल्ट्याउने दुस्साहस भयो, मोर्चालाई कमजोर नठान्नू : प्रधानमन्त्री प्रचण्ड

बुटवल । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी मोर्चालाई बदनाम गर्ने, फुटाउने, कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेको पनि बताए । उनले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिए ।

सडकमा जाने तयारी गर्न समेत प्रधानमन्त्री प्रचण्डले आग्रह गरे । यस्तै उनले पूर्व माओवादीहरूलाई एक हुन आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077