Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं आइपुगे एमसीसीका उपाध्यक्ष अलफोर्ड, भोलिदेखि कार्यान्वयमा जाँदै

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।

एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन अलफोर्ड कतार हुँदै मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । संसदबाट पास भइसकेको एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयनमा जाँदैछ ।

नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्ने कार्यक्रम छ।

उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन्। एमसीसी कार्यान्वयनमा लैजाने मिति नजिकिएसँगै अमेरिकी अधिकारीको बाक्लो उपस्थिति हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077