Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले शेयर गरे माधव नेपालसँगको तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको तस्बिर शेयर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ओलीले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर भनेर शेयर गरेका हुन् ।

‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर, शुभसन्ध्या’, उनले तस्बिरको क्याप्सनमा लेखेका छन् ।

तस्बिरमा दुवैजना हँसिलो मुद्रामा देखिएका छन् । उनीहरू एकै ठाउँमा बसे पनि खासै कुराकानी भने नगरेको बुझिएको छ ।
एमाले विभाजन गरेर नेकपा एस गठन गरेपछि ओली र नेपालबीच सम्बन्ध बिग्रिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077