Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – मन्त्री र सचिवहरु मुद्दाको डरले निर्णय गर्न नै डराउने अवस्था आयो

    प्रधानमन्त्री प्रचण्डले भने – मन्त्री र सचिवहरु मुद्दाको डरले निर्णय गर्न नै डराउने अवस्था आयो

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री र सचिवहरु मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताएका छन् ।

    सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारका मन्त्री, सचिव र कर्मचारीहरु निर्णय गर्न नै डराउने अवस्था आएको बताए ।



    उनले सचिवहरुमा कुनै निर्णय गरे मुद्दा, मामिलाका कारण अदालत जानुपर्ने हो कि भन्ने आतंक छाएको बताए । व्यवसायीहरु पनि व्यवसायमा अगाडि बढ्दै जाँदा मुद्दा, मामिलामा फसिन्छ कि भनेर आतंकित हुने खतरा रहेको उनले बताए ।



    देशको परम्परागत ऐन, कानुन र परम्पराले देशको विकास हुन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार