Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - हामीलाई ललिता निवास भन्थे, अहिले उनीहरुकै भागाभाग छ !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाम जोडेर आएका सबै काण्डहरुको छानबिन गर्न चुनौती दिएका छन् ।

सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँगको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो चुनौती दिएका हुन् । अध्यक्ष ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिए ।

अध्यक्ष ओलीले भने, ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा । वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताए ।आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भए पनि अहिले आफैं त्यसमा फँसिरहेको उनको भनाइ छ ।

ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे । अध्यक्ष ओलीले एमाले कमिसनको पछि कुद्ने पार्टी नभएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077