Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालमा छोटे राजाहरुको शासन छ, लोकतन्त्र देखाउने दाँत मात्र हो : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा छोटे राजाहरुको शासन चलाएको बताएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । अध्यक्ष साहले नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भएको भन्दै छोटे राजाहरुले हालीमुहाली गर्दै शासनसत्ता चलाइरहेको बताए ।

अध्यक्ष साहले के नेपालमा लोकतन्त्र छ र जनता साँच्चिकै शासक भइसके भनेर प्रश्न समेत गरे ।

अध्यक्ष साहले भने,‘प्रस्ट देख्न सकिन्छ कि नेपालमा दलका नेता र नेताका आशेपासेहरुको शासन छ । तिनीहरुको हालीमुहाली छ । आम जनता निरीह छन् ।’

देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र भएको भन्दै पूर्वमन्त्री समेत रहेका साहले केही दल र त्यसका आसेपासेहरुले गरेको राज जनताले लाचार भएर हेर्नुपरेको बताए ।

दलीय सिन्डिकेट र दलीय निरंकुशतामा छोटे राजाहरुले रजगज गरिरहेकाले यो शासन प्रणालीबाट नेपालको भविष्य खोज्न नसकिने बताए ।

साहले ठुला नेता मिलेर देश लुट्ने काम गरेको भन्दै ललिता निवासको छानबिनमा लगौटी लगाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077