Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशीमा सत्ता गठबन्धनले फोहोरी खेल खेल्यो, केन्द्रीय नेतृत्व मौन बस्यो : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरूद्ध कोशी प्रदेशमा बलमिच्याइँ भइरहँदा सत्ता गठबन्धनको केन्द्रीय नेतृत्व मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धनले कोशी प्रदेशमा फोहोरी खेल खेलेको आरोप लगाए ।

ओलीले कोशीमा गठबन्धनले फोहोरी खेल खेलेपनि केन्द्र यसका नेतृत्वहरू मौन रहेको बताए ।

‘गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन्।तर, केन्द्रको गठबन्धन चुपचाप देखिन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077