Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीलाई कांग्रेस रूपान्तरण अभियानले भन्यो - भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्नू

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको रूपान्तरण अभियान समूह र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार बिहान बालुवाटार भेट भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डलाई उनीहरूले भ्रष्टाचारका विषयमा गम्भीर भएर कदम चाल्न ध्यानाकर्षण गराएका छन् ।

अभियानकर्ताहरूले भ्रष्टाचारको मुद्धा मा शून्य सहनशिलता अपनाई, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, सुन काण्ड, जातीय द्वन्द्व तथा समाजिक सद्भाव भड्काउनेलगायत संविधानविपरीत हुने र राष्ट्रको बेइज्जत गराउने खाले सबै मुद्दामा बलियो रूपमा आफूलाई उभ्याई उचित छानबिनद्वारा सत्यतथ्य बाहिर ल्याई जनतामाझ एउटा बलियो सरकार रहेको महसुस गराउन आह्वान गरेको बुझिएको छ ।

कांग्रेसको यो अभियानमा जगदीश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीसहितका नेता बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077