Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले लेखामा पोखरेल र सामाजिक समितिमा शाहलाई उम्मेदवार बनाउने

काठमाडौं । संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन दर्ता आज हुँदै छ । नेकपा एमालेले सार्वजनिक लेखा समिति र महिला सामाजिक मामिला समितिको उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले सार्वजनिक लेखा समितिमा मोरङबाट निर्वाचित सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउन लागेको हो ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा रौतहटका किरणकुमार शाहलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । पोखरेल मोरङ– २ बाट र शाह रौतहट–२ बाट निर्वाचित भएका हुन् ।

आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077