Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति लामिछानेले भने - सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने प्रयास भइरहेको बताएका छन् ।

पार्टीको टोखा नगरपालिकाको भेलामा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले जातजाति र समुदायसित नभइ बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताए।

सभापति लामिछानेले भने,‘जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु । हाम्रो दुश्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो।’

कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077