Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी परियोजना लागू भए आन्दोलन गर्छौँं : सिपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका छन् ।

काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।

नेता गजुरेलले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।

नेता गजुरेलले भने,‘अब यो लागूृ गर्ने चरणमा गएको छ । सम्झौता खारेज गर्न त हामीले प्रयास ग¥यौ, सकेनौं । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरुले गर्न खोजेको के हो भने अब लागू गर्ने चरणमा छन् । यो हामी हुन दिन्नौं।’

नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे ।

उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077