Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चार घण्टापछि पृथ्वी राजमार्ग सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । करिब चार घण्टापछि राजमार्ग सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी रुपमा अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शुक्रबार साँझ साढे ६ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको थियो ।

पहिरो हटाएर सवारीसाधन सञ्चालन ल्याइएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077