Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जीवनको उत्तरार्धमा देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जीवनको उत्तरार्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झनलायक काम गर्ने विचार रहेको बताएका छन् ।

शुक्रबार पर्साको वीरगञ्जमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर मात्रै रहेको बताए । उनले अब आफूलाई मुलुकका लागि राम्रोबाहेक अरू केही नभएको बताए । यस्तै वर्तमान सरकार ढाल्न केही व्यक्तिहरू धूप हालेर हिँडेको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रकरणको फाइल खोल्नेदेखि विभिन्न क्षेत्रमा सरकारले राम्रा काम गरेकाले केहीले सरकार ढाल्ने प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077