Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेश मन्त्रिपरिषद् पुनर्गठन

विराटनगर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन एर्व कार्यविभाजन गरेका छन्।

प्रदेश प्रमुख शर्माले आज नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसबमोजिम मन्त्रिपरिषद् पुनर्गठन एवं कार्यविभाजन गरेका हुन् ।

बागमती प्रदेश सरकारमा बहादुरसिं लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, तीर्थबहादुर लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, डा राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्क्षी मन्त्रालय, लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, पुकार महर्जनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ।

सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077