Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्तापक्षलक्षित ओलीको टिप्पणी - माकुराको जालोमा भैंसी पर्दैन यिनीहरूले बुझ्नुपर्छ !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माकुराको जालोमा भैंसी’ नपर्ने बताएका बताएका छन् ।

एमालेनिकट भूपू सैनिक-प्रहरी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई फसाउन विरोधीहरूले माकुराको जालो बुनिरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानुन पल्टाइ-पल्टाइ फैसला–निर्णय गरेको छु। त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन । माकुराको जालोमा भैंसी पर्दैन यिनीहरूले बुझ्नुपर्छ। यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ!’

उनले आफूले कसैले गोली हान्न सक्ने बताए। यसमा आपत्ति नभएको उनको भनाइ छ। उनले भ्रष्टाचार, तस्करीलाई छोप्न, एमालेले गर्‍यो, एमाले गर्‍यो भनेर हल्ला चलाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077