Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका पाँच इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ।

प्रधान कार्यालयका अनुसार आवश्यकताअनुसार काजमा खटाउनुपर्ने भएकोले ५ इन्स्पेक्टरलाई काज सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार केन्द्रिय कारागार सुरक्षामा खटिएका इन्स्पेक्टर श्याम कुमार कटवालको प्रहरी प्रभाग काँडाघारीको प्रमुखमा सरुवा भएको छ।

ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुर सरुवा भएका उदय शम्सेर जवरालाई ललितपुरको इमाडोल प्रभागमा ल्याएको छ भने ईलाका प्रहरी कार्यालय फापरबारीमा हेटौंडास्थित रातोमाटे गणमा कार्यरत इन्स्पेक्टर नारायण थापा गएका छन्।

काठमाडौं स्थित केन्द्रीय बसपार्कसंगै रहेको प्रहरी प्रभाग नयाँ बसपार्कमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङको सरुवा गरिएको छ।

त्यस्तै हेटौंडाको ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर दिनेशबहादुर कुँवरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077