Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गको दमौली-खैरेनीटार सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ६को मौरीबजारमा पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार बिहान ८:३० बजे पहिरो खसेको थियो ।

बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077