Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य, बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी

काठमाडौं । कोशीमा प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अन्त्य गरेका हुन् ।

एमालेले संसद् चल्न नदिने देखिएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।

कोशी प्रदेश यतिबेला एमाले नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटबाट चलिरहेको छ। भदौ १० भित्रमा जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता थियो।

मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरुले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताइरहेका थिए। तर, मुख्य विपक्षी एमाले र राप्रपाले संसद बैठक बहिष्कार गरेको दिन नै सरकारले अधिवेशन अन्त्य गरेर अर्को अध्यादेश ल्याउने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077