Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गिरिबन्धु टी–स्टेटको जग्गाबारे अनुसन्धान जरुरी छैन, तर आवश्यक परे गर्दा हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट जग्गाबारे अनुसन्धान गर्न आवश्यक भएमा सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा बुधबार संसद् भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए ।

'गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ’ उनले भने ।

यस्तै सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद पनि दिए । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077