Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी सरकारविरुद्धको रिटमा बिहीबारलाई पेशी तोकियो

काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्‍याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।

पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले कोशीका संसदीय दलका नेता कार्कीले बुधबार वारेसमार्फत् सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बिहीबार अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि संकटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्‍याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो ।

सोमबार प्रदेश सभा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर थापाले विश्वासको मत पाएका थिए। एमालेले त्यसलाई असंवैधानिक भन्दै आएको छ। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077