Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा दोहोरो अंकले वृद्धि, सबै समूहमा छायो हरियाली

काठमाडौं । सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार धितोपत्र दोस्रो बजारका सबै समूहगत परिसूचकमा हरियाली छाएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा हाइड्रोपावर र जीवन बिमा समूहका लगानीकर्ता रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार यी दुई समूहको परिसूचक कारोबारमा आएका अरू समूहभन्दा बढी बढेको छ । नेप्से परिसूचक २९.४७ अंकले २०४५.४५ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ४.३० विन्दुले बढेको छ। आज २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँमा खरिदबिक्री भयो।

आज कुथेली बुखारी स्माइल हाइडोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको ७ करोड ५७ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077