Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डद्वारा त्रिशूली बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दैप्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ छहरामा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

‘‘काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ,’’ प्रधानमन्त्रीले प्रचण्डले भने, ‘‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु ।’’

प्रधानमन्त्रीले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077