Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज दिउँसो पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको हो ।

भेटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको बताइएको छ ।

साथै भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावासको उच्च प्राथमिकतामा रहेको थम्पसनले बताएको बुझिएको छ ।

भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077