Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करी छानबिन गर्न आयोग गठन गर्न सहमति, सदन चल्ने

काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको हो । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमतिसमेत भएको छ ।

सहमति पत्रमा विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० साउन २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न आयोग गठन गरिने उल्लेख छ।

सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिँदै संसद् अवरुद्ध गरिरहेको एमाले समिति बन्ने भएपछि सदन खोल्न सहमत भएको हो ।

प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077