Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्‍यो प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्युयोर्क भ्रमण स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको न्युर्योक भ्रमण स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्दै भनिन्,‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागीताका लागि भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।’

प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077