Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सरकारविरुद्ध आज सर्वोच्च जाँदै एमाले

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो ।

संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको ठहर छ ।

अहिलेको सरकार असंवैधानिक भन्दै खारेज गर्न र ठूलो दलका हिसाबले एमालेको सरकार बनाउन माग गर्दै रिट दायर गर्न लागिएको कोशी प्रदेश एमाले दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077