Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छे परेपछि प्रचण्ड रोकिए : प्रदीप पौडेल

चितवन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचारका फाइल खोल्दा प्रधानमन्त्रीकै आफ्ना मान्छे परेपछि अनुसन्धान रोकिएको बताएका छन् ।

कांग्रेस चितवन रत्ननगर सम्मेलनको मंगलबार उद्घाटन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले भने, ‘सुरु सुरुमा प्रधानमन्त्रीका भनाईमा पत्यार लाग्थ्यो । अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन । पुराना खोलिएका पनि बन्द हुने खतरा छ ।फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टचारको अनुसन्धानको यात्रा अड्किएको देखियो ।’

नेता पौडेलले भ्रष्टाचारका फाइल खोल्ने र यसमा मुछिएका सबैमाथि अनुसन्धान गर्नुपर्ने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना मानिस परेपछि ती फाइल अघि नबढाएको आरोप लगाए ।

वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड आफ्नो बलले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न उनले सुझाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077