Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठकको समय सारियो, दिउँसो ३ बजे बस्ने

काठमाडौं । राष्ट्रियसभा बैठकको समय परिवर्तन भएको छ ।

आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रियसभाको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने भएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेका सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ।

विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ।

प्रतिनिधि सभाको बैठक पनि आजै दिउँसो ३ बजे बस्दैछ । त्यसअघि दलहरूबिच सदन सुचारु गर्नेबारे सहमति हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077