Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज भरतपुरमा विद्युत् सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनको भरतपुरमा विद्युत् सबस्टेसनको उद्घाटन गर्ने भएका छन् ।

भरतपुर महानगरपालिका–११ आँपटारीमा मंगलबार बिहान ११ बजे हुने विशेष समारोहमा प्रचण्डले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित विद्युत् सबस्टेसनको उद्घाटन गर्न लागेका हुन् ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आजै हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको पनि उद्घाटन गर्ने कार्यक्रम छ।

कार्यक्रममा सहभागी हुन उर्जामन्त्री शक्ति बस्नेत, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीहरु चितवन जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077