Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अध्यक्ष ओलीको दाबी - एमालेले नै नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याएको हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको बताएका छन् ।

सांस्कृतिक समाज, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाईबर र केबल कार बिछ्याउने कामदेखि सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको उनले बताए ।

नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रुपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077